सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विप्लव समूहले जलायो एनसेलका सिम र रिर्चाजकार्ड

२०७६ साउन १, ०७:४१

धनगढीमा विप्लप समुहले एनसेलका सिम र रिर्चाज कार्ड जलाएको छ। समुहले सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडी सडकमा रिर्चाज र सिम कार्ड जलाएको हो। बुधबार साँझ मोटरसाईकलमा आएका विप्लव समुहका युवाहरुले पेट्रोल छर्केर कार्ड जलाएका हुन्। उनीहरुले कर छल्न पाइदैन, भ्रष्ट एनसेल चाहिँदैन लेखिएको ब्यानर र प्लेकार्ड पनि छोडेका छन्। विप्लव एरिया कमिटि धनगढीले एनसेल कर काण्डको बिरोध स्वरुप कार्यक्रम गरेको हो।

कमेन्ट लोड गर्नुस