सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभाको आइतवारको बैठकमा बजेट प्रस्तुत हुने

२०८२ जेठ ३१, ०५:५४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।

संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आइतवार ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।

आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए।

यसैबिच, प्रदेश सभामा प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई आज बजेट वक्तव्य हस्तान्तरण गरिएको छ। मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गरेका छन्।

 

कमेन्ट लोड गर्नुस