कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

धनगढीः कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिक रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।
उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका सुुनका २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।

उनीहरुलाई बिहिवार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो

