सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ जेठ ३०, ०८:१७ खबर संवाददाता

धनगढीः धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–३ सिसा पोष्ट नजिक, सहिद गेट नजिक र टीकापुर–९ बालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६६  हजार ४४० बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीको चक्लेट, सुर्ती, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्या लय टीकापुरबाट  खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस