सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा तीन जना मृत फेला

२०८२ जेठ २८, १०:३४ रासस

झापाः झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शव भेटिएका हुन्। 

अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जनाइएको छ। तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। 

कमेन्ट लोड गर्नुस