सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान

। फोटो स्रोत ।
२०७६ साउन १, ०४:०३

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लािग पुनः दरखास्त आह्वान गरेको छ। आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले यसअघि आवेदन हालेका ६ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त हाल्न सूचना जारी गरेको हो। नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पुरा गरी दरखास्त हाल्न सक्नेछन्। नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। यसअघि ६१ वर्षको उमेर सिमा राखेका कारण धेरैको आवेदन पर्न सकेको थिएन।

यसअघि असार ९ गते पहिलो पटक आह्वान गरिएको सूचना अनुसार ६ जनाले दरखास्त हालेका थिए। आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषि ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि थिए। यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रेक्टार डा श्रीकृष्ण गिरी, डा प्रमोद शर्मा, डा पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झाले पनि आवेदन दिएका थिए।

उनीहरुले हालेको दरखास्तमा पर्याप्त पुष्टि हुने प्रमाण नपुगको भन्दै समितिले नयाँ दरखास्त आह्वान गर्ने निर्णय गरेको हो। नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्रहरु पेश गर्नुपर्ने हुन्छ।

कमेन्ट लोड गर्नुस