सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण स्वास्थ्य समायोजनको कार्यमा समय लाग्ने

। फोटो स्रोत ।
२०७६ साउन १, ०३:५०

लगातारको वर्षाका कारण स्वास्थ्य समायोजनको काम ढिलो हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षातका कारण आउनसक्ने महामारी र विपत्तीलाई मध्यनजर गर्दैसमायोजनको कामलाई केही समय ढिला गर्ने भएको हो। मन्त्रालयले यो समयमा समायोजनका कारण कर्मचारी यताउता हुँदा स्वास्थ्य संस्थामा असर गर्ने भन्दै केही समय यी समूहको समायोजनलाई ढिला गर्न लागेको जनाएको छ।

मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमीको संख्या धेरै भएकाले यी समूहको समायोजन ढिला हुने भएकाले हो। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट ४५ सय, स्टाफ नर्स २ हजार, अहेब ८ हजार र अनमी पनि ८ हजार भन्दा बढी रहेका छन्। 

यस्तै  ८, ९ र १० औं तहको सूची भने आज आउन सक्ने सम्भावना रहेको छ। मन्त्रालयले यी समूहको समायोजनको काम तिव्र बनाएकाले सम्भवत आजै सूची निकाल्ने तयारी रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस