कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाबजार र भीमदत्त नगरपालिका–१७ नहर छेउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १ लाख, २३ हजार, एक सय मूल्य बराबरको भन्सार छलीको सामान बरानमद गरेको प्रहरीले जनाएको छ।

उक्त मुल्य बराबरको भन्सार छलीका कपडा, बिडी, सुर्ती, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

