सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ 

२०८२ जेठ २१, ०८:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-१० जर्सिखोला स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश ०१–००९ प ८१७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २१ वर्षीय राकेश राना र मोटरसाइकल पछाडी सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी पक्राउ परेका छन्।

मोटरसाईकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस