सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोके बजारबाट भन्सार छलीका सामान बरामद

२०८२ जेठ २१, ०७:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

पुनर्वास नगरपालिका-११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४६ हजार ३२० मुल्य बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीका बिभिन्न प्रकारका हाते घडी, चस्मा, बच्चाको खेलौना, मुकुट, क्यान्डिल लगायतका सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस