सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ 

२०८२ जेठ २१, ०७:४७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-१ बसपार्क स्थित सडक खण्डमा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाई लागूऔषधसहित पक्राउ परेका छन्। बजगाईलाई २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस