कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ

२०८२ जेठ २१, ०७:४१
कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस २६ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका-४ बस्ने ३१ वर्षीय सुभिक सुनुवार पक्राउ परेका छन्। सुनुवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।



कमेन्ट लोड गर्नुस