सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनदेखि इन्टरनेटमा १३ प्रतिशत शुल्क बढ्ने

। फोटो स्रोत ।
२०७६ असार ३१, ०५:४१

साउन देखि ईन्टरनेटको शुल्क बढ्ने भएको छ। सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन १ गतेदेखि इन्टरनेटको शुल्क बढ्ने भएको हो। सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ। गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो।

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो। तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस