कञ्चनपुरबाट बिभिन्न मुद्दामा फरार ४ जना प्रतिबादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट बिभिन्न मुद्दामा फरार ४ जना प्रतिबादी पक्राउ परेका छन्।
अभद्र व्यवहार मुद्दामा १ महिना १० दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको बेदकोट नगरपालिका–३ वस्ने १९ वर्षीय तेजेन्द्र साउँद र १८ वर्षीय किशोर पक्राउ परेका छन्।

यस्तै बैङ्किङ कसुर मुद्दामा २ महिना कैद सजाय र ७ लाख जरिवाना तोकिएको कृष्णपुर नगरपालिका–६ वस्ने ४६ वर्षीय प्रदिप राम चौधरी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र ४ हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–२ वस्ने ३२ वर्षीय केशव राज ओझा पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।