कञ्चनपुरमा बिभिन्न एम्पुलसहित २ युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा बिभिन्न प्रतिवन्धित एम्पुलसहित २ युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय आशिष गुरुङ्ग र २५ वर्षीय आशुतोष सिनाल पक्राउ परेका हुन्।

प्रोमेथाजिन ३५ पिस एम्पुल र बुप्रेनोरफिन हेड्रोचोरिड ३५ पिस एम्पुल प्रतिवन्धित लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
