सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाेटीमा १४ वर्षीया किशाेरीमाथि करणी, ६१ वर्षीय वृद्व पक्राउ

२०८२ जेठ १३, ०१:०५ Dineshkhabar Desk

धनगढी: कञ्चनपुरकाे गड्डाचाैकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।

डोटीको दीपायल सिलगढी नगरपालिका–८ नारिदाङ सलडाका ६१ वर्षीय गंगाराम कोली साेमवार किशाेरी करणीकाे आराेपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीले कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ। 

घटना पुरानाे भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन। प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए। 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस