सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ

२०८२ जेठ १२, ०७:५४ खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फारार रहेकी बर्दियाको गुलरिया नगरपालिका–९ बस्ने २३ वर्षीया मार्था सुनार पक्राउ परेकी हुन्। सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार कैलालीको धनगढी उपमहानगरपालिका ३ भन्सार कार्यालय नजिकबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस