सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैकिङ्ग कसूर मुद्दामा ९ लाख ५५ हजार जरिवाना तोकिएका दार्चुलाका ठगुन्ना पक्राउ

२०८२ जेठ १२, ०७:४५ खबर संवाददाता

दार्चुलाः बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दार्चुलाका एक जना पक्राउ परेका छन्।

उच्च अदालत पाटन ललितपुरको मिति २०७७ मंसिर २२ गतेको फैसलाल बैकिङ्ग कसूर मुद्दामा ५ दिन कैद सजाय र ९ लाख ५५ हजार आठ सय चालिस जरिवाना तोकिएपछि फरार रहेका दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टी बस्ने गणेश सिह ठगुन्ना पक्राउ परेका हुन्। ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतवार महाकाली नगरपालिका–४ बाङ्गाबगर बजारबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस