सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा होटेल सञ्चालनलाई धम्काउदै पैसा माग्ने पक्राउ

२०८२ जेठ ११, ०१:२५ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीबाट होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट निराजन थापा पक्राउ परेका हुन्।

धनगढी बसपार्कमा होटेल सञ्चालन गर्दै आएका मोहन सिंह धामीलाई २÷३ दिनदेखि ब्यारोबाट खटाइएको एएसआइ हुँ भन्दै रकम माग्दै आएको आरोमा उनलाई पक्राउ गरिएको हो। कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–५ शिवनगरका थापा बसपार्क प्रहरी पोस्टको टोलीले पक्राउ गरेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस