सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको ढकारी गाउँपालिकामा नयाँ एम्बुलेन्स

२०८२ जेठ ११, १०:४७ खबर संवाददाता

अछाम : अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ।

गाउँपालिकाले नागरिकको सेवाका लागि नयाँ एम्बुलेन्स खरिद गरेको हो। गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत खरिद गरेको नयाँ एम्बुलेन्स गाउँपालिकामा आइपुगेको हो।

करिब २५ लाख रुपियाँको लागतमा खरिद गरिएको उक्त एम्बुलेन्स आइतवारदेखि औपचारिक रूपमा नागरिकको सेवामा सञ्चालनमा आएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले एम्बुलेन्सको आगमनले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

 

कमेन्ट लोड गर्नुस