सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवका विद्यार्थी नेता पक्राउको विरोधमा कैलालीमा शैक्षिक हडताल

२०७६ असार ३१, ०९:१५ खबर संवाददाता

प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता पक्राउको विरोधमा कैलालीमा एक दिने शैक्षिक हडताल गरिएको छ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले जिल्ला अध्यक्ष बबरजंग सिंहलाई राजनीतिक आस्थाका आधारमा गैर न्यायिक हिरासतमा राखेको भन्दै एक दिने शैक्षिक हडताल गरिएको हो।

हडतालका कारण कैलालीका शिक्षण संस्था सञ्चालनमा आउन नसक्दा पढाई प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जिल्लामा विप्लव समूह निकट विद्यार्थी संगठनको बन्दका कारण शिक्षण संस्था बन्द रहेको बताए। यसअघि बैशाख २७ गते पक्राउ परेका अखिल क्रान्तिकारीका अध्यक्ष सिंहलाई कैलाली जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्न दिएको थियो।

तर धरौटी नबुझाएपछि कारागार  चलान भएका सिंहले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। सर्वोच्च अदालतले धरौटी विना थुनामुक्त गर्न दिएको आदेश पछि उनी असार २७ गते रिहा भएका थिए।  प्रहरीले सोही दिन उनलाई पक्राउ गरेर फेरी हिरासतमा लिएको छ। 

कमेन्ट लोड गर्नुस