सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रमप्रती चौतर्फी निराशा

२०७६ असार ३१, ०७:४२ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशमा ३७ करोड सक्ने गरी सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति चौतर्फी निराशा देखिएको छ। करोडौँ रकम खर्च गरेर झारो टार्ने मात्रै काम भईरहेको भन्दै कार्यक्रमप्रती चौतर्फी निराशा देखिएको हो। सुदूरपश्चिममा कतै पनि कार्यक्रम मार्फत उदाहरणीय काम भएको छैन्। तीन महिना सम्म संञ्चालन गर्ने भनिए पनि समय अभावको कारण देखाउदै एक महिनामै सक्ने गरी सुरु भएको कार्यक्रममा अधिकासं स्थानीय तहले सडक नाली सफाई गरेर बजेट खर्च गरेका छन्।

रोजगार कार्यक्रमका लागि सुदूरपश्चिममा ३७ करोड बजेट विनियोजन भएकोमा अधिकासं स्थानीय सरकारले सडकको नाली सफाई गरेरै बजेट खर्च गरेका छन्। तर नालीको फोहोर सडकमा थुपारिएपछि वरीपरि दुर्गन्ध फैलिएको छ भने पानी परेपछि उक्त फोहोर फेरी नालीमै जाने गरेको छ। रोजगार कार्यक्रमको प्रगती सन्तोशजनक नभएको सरोकारवाला निकायले नै स्वीकार गरेका छन। एक करोड खर्च गर्ने जिम्मेवारी पाएको धनगढी उप–महानगरपालिकाको प्रगती पनि पुर्ण रुपमा हुन सकेको छैन्।

सडक नाली तथा सार्वजनिक स्थल सरसफाई गरेको देखाएकार कामदारको पारिश्रमिकमा मात्र करिव ७० लाख सकिएको धनगढी उप–महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। ५६ लाख कार्यन्वयन गर्ने जिम्मा पाएको कैलालीकै गौरीगंगा नगरपालिकाले पनि उदाहरणिय काम गर्न सकेको छैन। प्रत्येक वडालाई वजेट विनियोजन गरेर कार्यान्वयन भएको कार्यक्रम मार्फत नगरपालिकामा नाला सफाई, सडक ग्रावेल वाहेक अन्य कुनै पनि काम हुन सकेको छैन्।

असार ४ गते देखि सुरु भएको कार्यक्रम २४ गते सम्म चलेको थियो। सो अवधीमा चार सय ३३ जनाले रोजगार पाएका थिए भने पाँच सय १७ रुपँयाको दरले पारिश्रमिक पाउने गौरिगंगा नगरपालिकाकी रोजगार संयोजक धर्मा कुमारी जोशीले बताईन। सुदूरपश्चिमा ८८ वटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एउटा पनि गतिलो काम गर्न नसकेपछि ३७ करोड सक्नैलागि कार्यक्रम ल्याईएको भनाई यस क्षेत्रका स्थानीयको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा नै ४४ लाख खर्च गरेको कैलारी गाउँपालिकाले पनि सडक सफाई र खानेपानीको लाईन विस्तारलाई नै प्रमुख प्रगती रहेको गाउँपालिकाकी रोजगार संयोजक नीता भण्डारीले बताईन। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस