सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई एक दिनमा ११ अर्व बजेट खर्च गर्ने जिम्मेवारी

२०७६ असार ३०, ०६:४२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारलाई आर्थिक बर्षको अन्तिम दिन ११ अर्व बजेट खर्च गर्नुपर्ने देखिएको छ। आर्थिक बर्षको एक दिन मात्रै बाँकी रहेको अवस्थामा प्रदेश सरकारले चालु र विकास तर्फको ११ अर्व बजेट खर्च गर्न बाँकी रहेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार चालु आर्थिक बर्षमा विकास तर्फको ११ अर्व ७१ करोड बजेट रहेकोमा आज सम्म त्यस्को साढे ५४ प्रतिशत अर्थात ६ अर्व ३९ करोड २७ लाख मात्रै खर्च भएको छ। यस्तै चालु तर्फ ११ अर्व १७ करोड बजेट रहेकोमा अहिले सम्म ६ अर्व ५८ करोड ५९ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए। 

प्रदेश सरकार अन्तरगतका विभिन्न निकायसंग सम्पर्क गर्दा आर्थिक बर्षको अन्तिम दिन बढिमा एक अर्व अझै निकासा हुने देखिएको उनले बताए। यता प्रदेश सरकारले भने प्रगती बढि देखाउनका लागि कुल बजेट संसोधन गर्दै घटाएको छ। प्रदेश सरकारले विकास तर्फको कुल बजेट ११ अर्व ७१ करोडबाट घटाएर ८ अर्व ६७ करोड बनाएको छ भने चालु तर्फ पनि झण्डै २ अर्व बजेट घटाएको छ। 
 

कमेन्ट लोड गर्नुस