सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ वैशाख ३०, ०८:०२ खबर संवाददाता

धनगढीः धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–३ ब्यारेल, धनगढी–७ मनेहरा र टीकापुर–७ सत्तिबजार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १७ हजार ३१० बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको प्याज, मिश्री, धुप, ताला, कुर्ती, सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस