सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक वर्षको एक दिन बाँकी : कैलालीमा ५७ प्रतिशत मात्रै विकास बजेट खर्च

 फाईल फोटो :मोहनापुल अत्तरिया ६ लेन सडक
फाईल फोटो :मोहनापुल अत्तरिया ६ लेन सडक
२०७६ असार ३०, ०३:१५ खबर संवाददाता

भोली असार ३१ गते चालु आर्थिक वर्ष २०७५÷७६ सकिदैछ। आर्थिक वर्ष सकिन एक दिन मात्र बाँकी रहेका बेला कैलालीमा कुल विकास बजेटको ५७ प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार आज दिउँसो सम्म पुँजीगततर्फको ५७ प्रतिशत बजेट मात्र खर्च भएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी मदनराज पाण्डेले चालु आर्थिक वर्षका लागि कैलालीको पुँजीगत बजेट सात अर्ब ४२ करोड रहेकोमा आज दिउँसो सम्म ५७ प्रतिशत अथात् चार अर्ब २१ लख मात्र खर्च भएको जानकारी दिए। उनका अनुसार असार २७ गते सम्म ५१ प्रतिशत मात्र खर्च भएकोमा पछिल्लो साढे तीन दिनमा पाँच प्रतिशत बजेट खर्च भएको हो।

पुँजीगत बजेट आधा मात्र खर्च भएका बेला चालु बजेट भने ९३ प्रतिशत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी पाण्डेले चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको जनाए। उनले चालुतर्फ २६ अर्ब १६ करोड बजेट रहेकोमा ९३ प्रतिशत अथात् २४ अर्ब ३६ करोड बजेट खर्च भएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस