सवारी ज्यान मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८२ वैशाख २९, ०७:२६
धनगढीः सवारी ज्यान मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय नुर नारायण पन्थी पक्राउ परेका हुन्। पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–४ सहिद गेटबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस