कैलालीको एक घरमा आगलागी हुँदा एक लाख ५० हजारको क्षति

२०८२ वैशाख २८, ०५:२३
धनगढी : कैलालीको एक घरमा आगलागी हुँदा एक लाख ५० हजारको क्षति भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–८ जडैका गोविन्द बुढाको गोठमा आगलागी भएको हो।
विद्युत्को तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

कमेन्ट लोड गर्नुस