सुदूर नेपाललाई विश्वसँग जोड्दै

बातचित घरद्वारा पत्रकार अविनाश चौधरी सम्मानित

२०८२ वैशाख २८, ०७:४० खबर संवाददाता

धनगढीः बातचित घर धनगढबीले गोरखापत्रमा धनगढीबाट कार्यरत पत्रकार अविनाश चौधरीलाई सम्मान गरेको छ।

पत्रकारितासँगै सक्रिय रक्तदान गरेर जीवन बचाउने काम गरेको भन्दै बातचित घरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा शनिवार उनलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत एवम् १०९ पटक रक्तदान गरेका दीपक उपाध्यायले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।  

पत्रकार चौधरीले रक्तदान गरेको ३४औं पटक पुगेको छ। समाज रुपान्तरणमा सक्रिय बातचित घरले समाजका विभिन्न पक्षमा सम्वाद गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ। बातचित घरले विगत दुई वर्षदेखि हरेक शनिवार विभिन्न विषयमा सम्वाद गर्दै आएको बातचित घरका अध्यक्ष ठाकुरकरिया प्रधानले बताए। यसैबिच, बातचित घरको दोस्रो वार्षिकोत्सव रक्तदानको विषयमा सम्वाद र रक्तदान गरेर मनाइएको छ।

कमेन्ट लोड गर्नुस