सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीद्धारा रक्तदान कार्यक्रम सम्पन्न, १८ पिन्ट रगत संकलन

२०७६ असार ३०, ०२:१६ खबर संवाददाता

सामाजिक कार्यका लागि स्थापना गरिएको धनगढी ग्यालरीले सोमबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा देखिएको रगत अभावको समस्यालाई मध्य नजर गर्दै धनगढी ग्यालरीले कैलाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ।

धनगढी ग्यालरीका प्रवन्धक जिएस भण्डारीले स्वास्थ्य संस्थामा देखिएको रगत अभावको समस्यालाई मध्यनजर गर्दै हेल्प फोर ह्याप्पीनेसको सहयोगमा आयोजना गरिएको कार्यक्रममा १८पिन्ट  रगत संकलन भएको जानकारी दिए।  रक्तदान कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको भण्डारीले बताए। संकलित रगत सोमबार नै रक्त सञ्चार केन्द्र धनगढीलाई बुझाईएको  ग्रुपका अर्को प्रबन्धक चक्र खडायतले बताए। यस्तै सोही कार्यक्रममा ३० वटा रियल फु्रटी जुस पनि रक्त सञ्चार केन्द्र धनगढीलाई हस्तान्तरण गरिएको छ। 

‘धनगढी ग्यालरी’ विभिन्न सामाजिक कार्यमा युवाहरुको सहभागिता बढाउँन, सरकारी निकायका काममा निगरानी राख्न, खवरदारी गर्न र दिनदुखीलाई सहयोग गर्नका लागि स्थापना गरिएको फेसबुक ग्रुप हो। यो ग्रुपमा आवद्ध युवाहरु स्वस्फुर्त रुपमा सामाजिक कार्यमा सक्रिय हुदै आएका छन्।

कमेन्ट लोड गर्नुस