सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

२०८२ वैशाख २७, ०७:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको नाष्ट कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा सृजना बोहरा पक्राउ परेकी हुन्।

धनगढीस्थित नाष्ट कलेजमा शुक्रवार कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो। उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरु धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालय र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।

कमेन्ट लोड गर्नुस