सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता छ : मन्त्री पाण्डे

२०८२ वैशाख २७, ०७:०३ खबर संवाददाता

कञ्चनपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्।

महेन्द्रनगरमा आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताएका हुन्। ‘यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा धेरै सांस्कृतिक विविधता छ’, मन्त्री पाण्डेले भने, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पु¥याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ।’

उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताए। ‘अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ‘, उनले भने, ‘यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ।’

मन्त्री पाण्डेले भने, ‘यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन।’ उनले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताए।

उनले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताए। नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रवारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने उक्त मार्टमा नेपाल–भारतका पर्यटन व्यवसायीबिच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ।

 

कमेन्ट लोड गर्नुस