सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको माता पार्वती विद्यामन्दिरका नाममा उजुरी दर्ता

२०८२ वैशाख २६, ०७:३५ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडीमा सञ्चालनमा रहेको माता पार्वती विद्यामन्दिरका नाममा उजुरी दर्ता गरिएको छ।

कानुनको उल्लघँन गर्दै नियम विपरीत विद्यालय सञ्चालनमा रहेको भन्दै उजुरी दर्ता गरिएको हो।

मेलघट्टी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद आचार्यले संयुक्त रूपमा उजुरी दर्ता गरेको बताए। उनले भने, ‘हाल सञ्चालनमा रहेको माता पार्वती विद्या मन्दीर नजिकै रहेका चार विद्यालय मिलेर संयुक्त रूपमा घोडाघोडी नगरपालिकामा उजुरी दर्ता गराएका छौं। जसको बोधार्थ हामीहरूले जिल्ला प्रशासन कार्यालय कैलाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला विकास तथा शिक्षा समन्वय इकाई कैलाली र घोडाघोडी नगरपालिका–४, को वडा कार्यालयलाई बुझाइएको छ।’

घोडाघोडी नगरपालिका–४, जनकपुरमा सञ्चालनमा रहेको माता पार्वती विद्या मंन्दीर (डाइनामिक एकेडेमी) कानुन विपरीत सञ्चालनमा आएको आरोप छ। विद्यालयले नेपाल सरकार तथा मन्त्रीपरिषद्ले जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ र स्वयम् घोडाघोडी नगरपालिका द्वारा जारी गरिएको घोडाघोडी नगर शिक्षा नियमावली, २०८० विपरीत देखिएको हो।

विद्यालयको नजिकै पर्ने सिताकुण्ड माध्यमिक विद्यालय, मेलघट्टी आधाभुत विद्यालय, सेती साइन इंग्लिस मिडियम स्कुल, घोडाघोडी एकेडेमि इंग्लिस स्कुल लगाएतका वरपरका अन्य विद्यालयलाई समेत असर परिरहेको छ। उजुरीमा भनिएको छ, ‘कानुन विपरीत माता पार्वती विद्या मन्दीरका सञ्चालकले क–कसको आडमा विद्यालय सञ्चालन गरिरहेका छन्। यस कुराले गर्दा विद्यार्थीको भविष्य नै अन्यौल देखिनुको साथै अभिभावकहरूलाई समेत समस्या हुने देखिएका कारण सो विषयको तत्काल छानबिन गरी अर्थात् पत्ता लगाई निज उपर कानुनी कारबाहीको जोडदार माग गर्दछौं।’

नगरपालिकाले नगरको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर सिंह बिदामा छन्। उनी आएपछि मात्र नगरपालिकाले यो विषयमा छानबिन गर्ने बताएको छ।

 

कमेन्ट लोड गर्नुस