भारत र पाकिस्तानबिचको गोलाबारीका कारण पन्जाबका शैक्षिक संस्था बन्द

धनगढी: भारत र पाकिस्तान बिचको गोलाबारीका कारण पन्जाबका शैक्षिक संस्थाहरू बन्द गरिएको छ।
भारत र पाकिस्तान बिचको गोलाबारीबाट जोगिनका लागि सीमा क्षेत्रका केही नागरिकले घर छोडेका छन्। उनीहरू सुरक्षित स्थानमा गएका हुन्।
भारत र पाकिस्तानको सीमा क्षेत्रका नागरिकहरू ज्यान जोगाउन सङ्घर्ष गरिरहेका छन्। उनीहरूमा धन, जनमा क्षति हुने त्रास छ। सीमा क्षेत्रमा निषेधाज्ञा जारी भएकाले विद्यालय, अस्पताल तथा बजारहरू बन्द गरिएका बीबीसी हिन्दीले बताएको छ।

भारतको पहलगाममा पर्यटकमाथि गरिएको हमलाका कारण दुई देशको बिचमा तनाव बढेको हो। भारतको विदेश मन्त्रालयले बुधवार पाकिस्तानले हवाई हमला गरेका कारण सीमा क्षेत्रमा गोलाबारीबाट १६ जनाको मृत्यु भएको र ५९ जना घाइते भएका बताएको छ। महिला, बालबच्चा र भारतीय सेनाका एक जवानको मृत्यु भएको हो।