सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छली गरि ल्याइएका अवैध सामान बरामद

२०८२ वैशाख २६, ०८:५५ खबर संवाददाता

धनगढीः भारतबाट भन्सार छली गरी ल्याइएका सामान कैलालीको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाईबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, ऐश्वर्यनगर–३ विशालनगर र टीकापुर नगरपालिका–९ जिरोप्वाइन्टबाट करिब १ लाख ८४ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका धोती, लुङ्गी, सारी, प्लास्टिक झिल्ली, प्लास्टिक डोरी लगायतका सामग्री रहेका छन्।

ती सामग्री बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। भन्सार छलीका सामान प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस