बैङ्किङ कसुर मुद्दामा फरार धनगढीका साउद पक्राउ

२०८२ वैशाख २६, ०७:४७
धनगढीः बैङ्किङ कसुर मुद्दामा फरार धनगढीका नैनबहादुर साउद पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बैङ्किङ कसुर मुद्दामा ५ दिन कैद सजाय र १ लाख दश हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने ३३ वर्षीय नैनबहादुर साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी बिहीवार पक्राउ गरेको हो। साउदलाई प्रहरीले धनगढी उपमहानगरपालिका–४ सहिद गेटबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस