सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना, ९ जना घाईते

२०७६ असार ३०, ०१:००

कैलालीमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया  गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हँुदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरिक्षक यक्ष राज जोशीले महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको बताए।  घाईते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको छ चालक भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस