धनगढीमा लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट प्रकाश राना लागुऔषधसहित पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिका–८ मनेहराका २२ वर्षीय प्रकाशलाई एक सय ८० मिलिग्राम लागुऔषधसहित बुधवार प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।