सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय भूमिबाट सीमापारि बग्ने पानी रोक्ने नरेन्द्र मोदीको उद्घोष

। फोटो स्रोत ।
२०८२ वैशाख २४, ०४:२३

धनगढी : भारतले आफ्नो भूमिबाट बग्ने पानी अन्तर्राष्ट्रिय सीमापारि जान नदिने घोषणा गरेको छ। ‘अब भारतको पानी भारतको फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने। तर’ त्यस क्रममा उनले पाकिस्तानको नाम किटान गरेनन्।

उनको यो टिप्पणी भारतले ६५ वर्ष पुरानो पानी बाँडफाँट सन्धि निलम्बन गरेको करिब दुई साता पछि आएको छ। गत महिना भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै बिग्रिएको छ। 

भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गर्ने गरेको आरोप लगाउने गरेको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ। मङ्गलवार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको छ। पाकिस्तानी सेनाका अनुसार भारतीय आक्रमणका परी कैयौँ सर्वसाधारण मानिस हताहत भएका छन्। 
 

कमेन्ट लोड गर्नुस