सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १० सदस्य मारिए

२०८२ वैशाख २४, ०४:१५

काठमाडौं : भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ।

जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन्। यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ।

पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन्। सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस