सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तह र प्रहरीको तथ्याङ्क फरक–फरक हुँदा हावाहुरी पीडितले राहात पाएनन्

२०७६ असार ३०, १२:३५ कमल सावद

सुदुरपश्चिम प्रदेश सरकारले गत जेठ २३ गतेको हावाहुरीबाट पूर्ण क्षति भएका परिवारलाई २० हजार र आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय गरेको थियो। पुनः निर्णय परिवर्तन भएर राहत रकम आधा घटाईयो। अहिले प्रदेश सरकारले पूर्ण क्षती भएका परिवारलाई १० हजार र आशिंक क्षति भएका परिवारलाई पाँच हजार मात्र राहत दिन निर्णय गर्दै जिल्ला प्रसाशन कार्यालय मार्फत राहात रकम वडा कार्यालयलमा पठाएको छ।

जिल्ला प्रसाशन कार्यालयले पनि सबै स्थानीय तहमा राहत रकम पठाएको दावी गरेको छ। तर वडा कार्यालय सम्म राहत पुगेपनि पीडितको हातमा भने अझै पुग्न सकेको छैन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्थानीय तहलाई राहत रकम वितरणका लागि पठाइएको बताए। ‘प्रदेश सरकारले राहात वापत दिएको ४ करोड बढि रकम कैलालीका स्थानीय तहलाई पठाएका छौँ, उनले भने, केहीले वितरण समेत सुरु गरिसकेका छन् तर केही अझै सुरु नगरेको बुझिएको छ।’ 

धनगढी उप–महानगरपालिकामा दुई हजार पाँच सय ५० घरमा क्षति भएको विवरण जिल्ला प्रसाशन कार्यालयसंग छ। प्रदेश सरकारले भने धनगढीका तीन घरमा मात्र पूर्ण क्षति भएको र बाँकीमा आशिंक क्षती भएको भन्दै तीन घरलाई १०÷१० हजार र बाँकीलाई पाँच हजारका दरले राहत वितरणका लागि उप–महानगरपालिकाका लागि एक करोड २७ लाख ६५ हजार रकम पठाएको छ।  

उप–महानगरपालिकाकाको राहत वितरण समितिका संयोजक प्रेम विकले राहत वितरणको काम शुरु नभएको बताए।  प्रहरी र स्थानीय तहले संकलन गरेको विवरणमा फरक पर्दा राहात वितरणमा समस्या भएको उनले बताए। ‘प्रदेश सरकार र उप–महानगरपालिकाको मापदण्डमा पनि फरक परेको छ, उनले भने, हामी प्रदेश सरकारको मापदण्डको आधारमा राहत वितरण गछौँ, प्रदेश सरकार र हाम्रो  पूर्ण क्षति र आशिंक क्षतिको विवरण फरक परेकाले सच्याउने काम हुदैछ।’ प्रदेश सरकार, उप–महानगरपालिका र प्रहरीको तथ्याङकमै फरक परेपछि राहत वितरणमा समय लागेको उनले बताए। 

कैलालीको गोदावरी नगरपालिकामा एक हजार चार सय ४३ घर परिवारमा आशिंक क्षती भएकोमा राहतका लागि ७२ लाख १५ हजार, घोडाघोडी नगरपालिकाका तीन सय ५२ परिवारका लागि १७ लाख ६० हजार, लम्कीचुहा नगरपालिकाका दुई सय दुई परिवारको राहतका लागि १० लाख १० हजार, गौरिगंगा नगरपालिकाका एक सय ८५ परिवारको राहतका लागि नौँ लाख २५ हजार, टीकापुर नगरपालिकाका ९९ परिवारका लागि पाँच लाख २५ हजार, कैलारी गाँउपालिकाका ८ सय ५८ परिवारका लागि ४२ लाख ९० हजार र बर्दागोरियाका दुई सय ९४ परिवारका लागि १४ लाख ६० हजार प्रदेश सरकारको राहत रकम जिल्ला प्रसाशन हुदै पठाएको छ।

एकद्धवार प्रणालीबाट राहत वितरण गर्ने भन्दै प्रदेश सरकारले जिल्ला प्रसाशन मार्फत रकम दिएको हो। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘एकद्धवार प्रणालीबाट हामी राहत वितरण गर्दै छौ, स्थानीय तहले वितरण गरेको राहतको तथ्याँक पनि हामीसंग हुन्छ,।’ राहतमा बदमासी नहोस भन्ने उद्देश्यले नै एकद्धवार प्रणाली लागु गरिएको उनी बताउछन्। स्थानीय, प्रदेश सरकार र प्रहरीले नै संकलन गरेको तथ्याङ्क फरक फरक भएपछि कैलालीका हावाहुरी पीडितले एक महिना बित्दा समेत राहात पाउन सकेका छैनन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस