सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बैङ्किङ कसुर मुद्‍दाका दुई फरार प्रतिवादी पक्राउ

२०८२ वैशाख २२, ०४:३५ खबर संवाददाता

धनगढी : कैलालीमा बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१८ का ५३ वर्षीय विरबहादुर देउवा र उपमहानगरपालिका–३ का ३९ वर्षीय रामबहादुर साउँद पक्राउ परेका हुन्।

विरबहादुर देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिबाना र ३ महिनाको कैद सजाय तोकिएको थियो। उनी लामो समयदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहले प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जोशीले अर्का फरार प्रतिवादी रामबहादुर साउँदलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको बताए। दुवै जना बैङ्किङ कसुर सम्बन्धी मुद्दामा संलग्न रहेको पुष्टि भएसँगै प्रहरी नियन्त्रणमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस