सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देहव्यपारमा संलग्न ७ जना पक्राउ

२०७६ असार ३०, ११:१० खबर संवाददाता

धनगढी–कैलालीको धनगढी उप–महानगरपालिकाबाट देहव्यपारमा संलग्न रहेको भन्दै ७ जना लाई पक्राउ गरिएको छ। वडा नम्वर ५ हसनपुर स्थित बिकाश होटल र वडा नम्बर ३ स्थित होटल रोयल प्लालेसबाट ७ जनालाई पक्राउ गरिएको हो। होटल संचालक र व्यवस्थापकले चार जना युवतीलाई होटलमा काम गर्न भनि बोलाई होटलमा आएका ग्राहकहरुसंग यौन सम्वन्ध राख्न बाध्य पारेको भन्दै पक्राउ गरिएको हो। कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्वर २ बस्ने बर्ष २४ का अक्षय राना, भारत उत्तर प्रदेशका २४ बर्षकै मिलिंद त्यागी, सोही ठाउँका बर्ष २२ का बिश्वदिप बच त्यागी, कृष्णानगर भरतपुरका २६ बर्षीय अभिषेक सिंनसिनवार, कैलाली धनगढी ३ का २८ बर्षीय सदानन्द राना, ३६ बर्षीय रानशरण राना र ५० बर्षीय सन्तबहादुर थापा लाई पक्राउ गरिएको हो। 

होटलमा युवतीसंग भेटिएका युवकहरु, होटल सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली जिल्ला अदालतबाट म्याद थप गर्दै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस