कैलालीको सहजपुर नजिक बस र ईभी गाडी आपसमा ठोकिए

धनगढीः कैलालीको सहजपुर नजिक बस र इघी गाडी दुर्घटना भएका छन्।
जिल्लाको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका हुन्।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतीक्षा सिजामगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। यतिबेला घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।