सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात

२०८२ वैशाख १८, ०४:५४ खबर संवाददाता

धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल भजहर कपको पाचौं संस्करण सुरु भएको हो।
श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वडा नम्बर ८ का वडाध्यक्ष तारा मल कठरियाले उदघाटन गरे । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपािलका वडा नम्बर ५ स्तरीय क्लब विजयी भएको छ । पहिचान युवा क्लब सिसैयालाई २–१ ले हराउँदै भजनी क्वाटरफाईनलमा प्रवेश गरेको हो । 

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस