सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीबाट भन्सार छलीका सामान बरामद

२०८२ वैशाख १८, ०७:१० खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २७ हजार ६ सय बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो। गुट्खा, सिद्रा माछा लगायतका सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस