धनगढी प्रज्ञा सदनका कर्मचारीलाई श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान

धनगढी : धनगढी उपमहानगरपालिका– ३ शुभकामना टोलस्थित धनगढी प्रज्ञा सदनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आफ्ना कर्मचारीलाई सम्मान गरेको छ।
संस्था सञ्चालनमा महत्त्वपूर्ण योगदान पु¥याउने कार्यालय सहयोगी, सवारी चालक लगायत विभिन्न भूमिकामा रही सहयोग गर्ने सदस्यहरूलाई सम्मान गरेको सदनका प्रिन्सिपल तीर्थराज फुलाराले बताए।
सम्मानित हुनेमा गोविन्द राज भट्ट, सियाराम राना, बिरु राना, सुरज नेपाल, सरस्वती साउँद, जानकी बोहरा, नम्रता जोशी र शारदा रावल रहेका छन्।

कर्मचारीको मनोबल बढाउन तथा प्रोत्साहन गर्न सम्मान गरिएको गरेको प्रिन्सिपल फुलाराले बताए। यसअघि प्रज्ञा सदनले सामाजिक उत्तरदायित्व अन्तर्गत शुभकामना टोल र संगम टोल विकास समितिलाई चार÷चार वटा डस्टबिन वितरण गरेको थियो।