सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाद्वारा आगामी बर्षका लागि डेढ अर्व बढिको बजेट पारित

२०७६ असार २९, ०३:५२ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले नगर सभामा पेश गरेको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ। आईतबार बसेको नगरसभा बैठकले बार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो। असार ८ गते बाट धनगढी उप–महानगरपालिकाको चौथो नगरसभा सुरु भएको थियो। धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पेश गरेको बार्षिक नीति, कार्यक्रम तथा बजेटमा नगसभा सदस्यहरुले छलफल गरेका थिए। छलफलमा नगरसभाका ७० जनाले भन्दा बढीले भाग लिएका थिए।  

उप–प्रमुख भट्टले असार ८ गते नगरसभामा १ अर्व ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिईन। जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार बजेट पेश गरिएको थियो। उप–महानगरपालिकामा कार्यान्वयन हुने तर रातो कितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख सो बजेटमा नसमेटिएको उप–मेयर भट्टले बताईन्। 

नगरको नीति, कार्यक्रम तथा बजेट पूर्वाधार विकासमा सुधारीएको सडक, कृषीमा आधुनिकिकरण तथा ब्यावसायीकरणलाई जोड दिएको छ। शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायीक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ।

कृषी तर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नम्वर १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन्। पशु विकास तर्फ छाडा पशु चौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन्। पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न करिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन्। 

सामाजिक विकास तर्फ वालबालिका किशोर किशोरीसंग उप–मेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम संचालन गर्ने भनिएको छ। 
 

कमेन्ट लोड गर्नुस