सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दून एकेडेमीमा अपग्रेडिङ कार्यक्रम

२०८२ वैशाख १६, ०७:५५ खबर संवाददाता

धनगढीः धनगढीको दून एकेडेमीमा अपग्रेडिङ कार्यक्रम आयोजना गरिएको छ।

एकेडेमीले कक्षा नर्सरीदेखि १ सम्मका विद्यार्थीहरूको अपग्रेडिङ कार्यक्रम आयोजना गरेको हो। साथै आइतवार मातातीर्थ औँसीको अवसर पारेर एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम तथा उपस्थित आमाहरूलाई सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आमाको त्याग, समर्पण र महिमाप्रति श्रद्धा व्यक्त गर्दै विद्यार्थीहरूले कविता वाचन पनि गरेका थिए।

कार्यक्रम स्वयम् विद्यार्थीले सञ्चालन गरेका थिए। समाज निर्माणमा आमाहरूको अहम् भूमिका रहेको यस विद्यालयका प्रिन्सिपल आरपी उपाध्यायले बताए।  विद्यालयले शिक्षा दिए तापनि चरित्र, संस्कार आदि घर र परिवेशबाट बालबालिकाले ग्रहण गर्ने गरेको उपाध्यायले बताए।

आज मिति २०८२÷०१÷१४ गतेका दिन दून एकेडेमीले कक्षा नर्सरीदेखि १ सम्मका विद्यार्थीहरूको अपग्रेडिङ कार्यक्रम आयोजना गरेको छ। आज मातातीर्थ औँसीको अवसरमा विविध सांस्कृतिक कार्यक्रम तथा उपस्थित आमाहरूलाई सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भयो।

आमाको त्याग, समर्पण र महिमाप्रति श्रद्धा व्यक्त गर्दै विद्यार्थीहरूले कविता वाचन पनि गरेका थिए भने कार्यक्रम पनि स्वयम् विद्यार्थीले सञ्चालन गरेका थिए। समाज निर्माणमा आमाहरूको अहम् भूमिका रहेको यस विद्यालयका प्रिन्सिपल आरपी उपाध्यायले बताउनु भयो। विद्यालयले शिक्षा दिए तापनि चरित्र, संस्कार आदि घर र परिवेशबाट बालबालिकाले ग्रहण   गर्छन्।

कमेन्ट लोड गर्नुस