सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड आज कैलाली आउँदै

२०८२ वैशाख १५, ०७:०६ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (सोमवार) कैलाली आउदै छन।

नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी कैलाली आउन लागेका हुन। उनी सोमवार साँझ टीकापुर नगरपालिका–८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ। उनको राति टीकापुरको सूर्यपुर र झुंगा बस्तीमा बस्ने कार्यक्रम रहेको छ।

मंगलवार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधन पछि उनी भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुरमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले बताए। सोही दिन धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी धनगढी भन्सारमा अभियान टोलीको विदाई गर्ने कार्यक्रम रहेको छ।

कमेन्ट लोड गर्नुस