सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा आगलागी : तीन नेपालीको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार २९, ०२:४५

कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ। शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिए। प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उनले बताए। मृतकको शव फवार्निया अस्पतालमा राखिएको छ। अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भएर नभएकोबारे अहिले पुष्टि नभएको र जानकारी संकलन गरिरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस